काठमाडौं, २९ असोज । अफलाइन बसेर पठाओ तथा इनड्राइभर चलाएको आरोपमा ८३ जना पक्राउ परेका छन्। अनलाइन सेवा भनेर अफलाइन बसेर सर्वसाधारणलाई ठगी गर्ने उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। अनलाइन राइड सेयरिङ एपको नाममा अफलाइन बसेर ठगी गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
विगतका केही आपराधिक घटनाहरुमा समेत यस्ता अफलाइन सवारीको प्रयोग भएको पाइएकाले सुरक्षाका दृष्टिकोणले समेत उनीहरुलाई पक्राउ गरेको हो । अबदेखि अफलाइन राइड सेयर नगर्न सर्वसाधारणलाई समेत प्रहरीले अनुरोध गरेको छ।





