दशैँ लागेसँगै बजारमा किनमेल गर्ने ग्राहकहरुको भीड | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

दशैँ लागेसँगै बजारमा किनमेल गर्ने ग्राहकहरुको भीड

dashain-bhid

काठमाडौं, २९ असोज । दशैँ लागेसँगै काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैँको लागि किनमेल गर्ने ग्राहकहरुको भीड लाग्‍न थालेको छ । काठमाडौंको असन, न्युरोड र भोटाहिटी लगायतका क्षेत्रका बजारमा सामान किन्‍ने ग्राहकहरुको भीड लाग्न थालेको छ । विगतको वर्षहरुको जस्तो यो वर्ष आर्थिक मन्दीको कारण व्यापारको लागि उत्साह नदेखिएको व्यापारीहरुले बताएका छन् । तर दशैँको लागेसँगै बजारमा ग्राहकको भीडभाड बढ्दा व्यापारीहरुलाई केही राहत मिल्ने आशा जगाएको उनीहरुको भनाई छ ।

व्यपारीहरुले बजारमा आर्थिक मन्दीको कारण ग्राहकहरुको क्रय शक्ति कदमै कमजोर रहेको देखिएको व्यवसायीहरुले बताए । उनीहरुले दशैँ लागेसँगै व्यापार बढेको थालेको पनि बताए । उनीहरुले अझ सरकारी छुट्टी भएपछि ग्राहकहरु बढ्ने आशामा व्यवसायीहरु रहेको बताए । आर्थिक मन्दीले ग्राहकहरुको क्रयशक्तिमा कमी आएकाले दशैँमा ग्राहकहरुको रोजाइमा सस्तो सामान पर्न थालेको व्यवसायीहरुको भनाई छ । व्यापारीहरुले न्युरोड लगायतका क्षेत्रमा भित्र बिक्री नहुँदा बाहिर फुटपातमा सामान राखेर बिक्री गर्नुपरेको बताए । नेपाल राष्ट्रिय व्यापार महासंघ पूर्वअध्यक्ष नरेश कटुवालले होलसेल बजारबाट प्रशस्त सामानहरु बिक्री भएपनि खुद्रा बजारमा धेरै चहलपहल नदेखिएको बताउनु भयो । उहाँले आर्थिक मन्दीको कारण मानिसहरुको रोजगार गुमेकाले तल्लो तहमा मन्दी रहेको बताउनु भयो । उहाँले क्रयशक्ति कम भएकाले दशैँमा मानिसहरुको विगतको जस्तो किनमेलमा उत्साह नदेखिएको बताउनु भयो । पूर्वअध्यक्ष कटुवालले होलसेल बजारमा बिक्री वृद्धि भएकाले दशैँ लागेसँगै बजारमा ग्राहक बढ्ने र व्यापार वृद्धि हुने आश पलाएको उल्लेख गर्नुभयो । उहाँले यो वर्षको दशैँमा करिव ५० प्रतिशत व्यापार हुने अपेक्षा रहेको भन्दै घटस्थापनादेखि फूलपातीको दिनसम्म धैर्य गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले दुई दिनदेखि बजारमा मानिसहरुको भीडभाड रहेको तर आर्थिक मन्दिको कारण सामान्य चल्ने किसिमले मात्रै खरिद गर्ने गरेको बताउनु भयो । उहाँले होलसेल बजारमा सामान खरिद गर्नेहरुको भने चहलपहल रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘न्युरोड लगायतका होलसेल बजारमाबाट दशैँका लागि सामानहरु बाहिर गएको छ । तर खुद्रा बजारमा सुनसान जस्तै छ । मानिसहरुको रोजगारी समेत गुमेकाले तल्लो तहका मानिसहरुसँग पैसा छैन । आर्थिक मन्दिको कारणले दशैँमा हुनुपर्ने उत्साह देखिएको छैन । होलसेल बजारमा व्यापार केही वृद्धि भएकाले व्यापार वृद्धि हुने थारै आश पलाएको छ । क्रयशक्ति कम भएकाले दशैंमा मानिसहरुको विगतको जस्तो किनमेलमा उत्साह नदेखिएको छैन । यो वर्षको दशैंमा करिव ५० प्रतिशत व्यापार हुने अपेक्षा रहेको भन्दै घटस्थापना देखि फुलपातीको दिनसम्म हेर्न बाँकी छ । दुई दिनदेखि बजारमा मानिसहरुको भीडभाड रहेको तर आर्थिक मन्दिको कारण सामान्य चल्ने किसिमले मात्रै खरिद गर्ने गरेका छन् ।’

त्यस्तै,राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले दैनिक ७ हजार मानिसहरु विदेश गइरहेकाले नेपालमा कसलाई सामान बिक्री गर्ने भन्ने अवस्था आएको बताउनु भयो । उहाँले उपभोग गर्ने युवाहरु श्रम तथा अध्ययनको लागि विदेश जाने क्रमले पनि बजारमा माग बढ्न नसकेको बताउनु भयो । उहाँले न्युरोड लगायतका क्षेत्रमा भित्र सटरमा रहेको सामानहरु बाहिर ल्याएर सेलमा बिक्री गरिरहेको बताउनु भयो । उहाँले पसलका सामानहरु ‘सेल’मा राखेपछि ग्राहकहरुको भीड देखिएको बताउनु भयो । उहाँले व्यापारीहरुमा पनि आर्थिक मन्दि भएको कारण २ हजारको सामान सेलमा रोखेर २ सयसम्म बिक्रि गरिरहेको बताउनु भयो । उहाँले मन्दीका कारण ग्राहकहरु पनि सस्तो सामान नै बढी किनिरहेको बताउनु भयो । उहाँले व्यापारीहरु भएको सामान दशैँमा सेलमा राखेर स्टक सक्ने दशैँपछि त्यतिकै बस्ने मनस्थिति समेत बनाइरहेको बताउनु भयो । उहाँले मन्दीकै कारण खुद्रासहित फुटपाथ र होलसेल पसलहरुमा पनि बिग सेल राखिएको उल्लेख गर्नुभयो । उहाँले मन्दी र युवाहरु विदेसिँदा समग्रमा गत वर्षभन्दा व्यापार घटेको दाबी गर्नु भयो । त्यस्तै,न्युरोडका व्यापारी वैकुण्ठ दाहालले खुद्रा बजारमा विगतका वर्षहरुको तुलनामा १० प्रतिशत पनि व्यापार नभएको बताउनु भयो । उहाँले सटरभित्रका पसलहरुमा ग्राहक नआउँदा व्यापारीहरु मोवाइल चलाएर बस्न बाध्य भएको भन्दै दुई दिन केही ग्राहकहरुको भीड सेलमा देखिएको बताउनु भयो । उहाँले सियो किन्न समेत न्युरोड लगायतका क्षेत्रमा मानिसहरु आउने परिपाटी रहेकाले बजारमा भीड देखिएको भन्दै भीड अनुसार व्यापार नभएको बताउनु भयो ।

व्यापारीहरुले बजारमा व्यापार नभएको भनेपनि गत शनिवारदेखि काठमाडौं उपत्यकाका मुख्य व्यापारिक केन्द्रहरुमा ग्राहकहरुको किनमेल गर्ने भीडभाड बढेको छ । किनमेल गर्नेहरुको भीडभाड बढेकाले दुई दिनदेखि काठमाडौंका व्यापारी केन्द्रहरुमा सवारी साधनको समेत चाप देखिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);