बन्दीपुरको भानु मा.विमा पुर्व विद्यार्थी समाज तयारी समिति गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८३, मंगलबार

बन्दीपुरको भानु मा.विमा पुर्व विद्यार्थी समाज तयारी समिति गठन

तनहुँ, २८ असोज । तनहुँको बन्दीपुर–२ स्थित श्री भानु माध्यमिक विद्यालयको पुर्व विद्यार्थी समाज गठन तयारी समितिको संयोजकको जिम्मेवारी दिनेश कुमार श्रेष्ठले पाउनुभएको छ । स्थापना कालदेखि हालसम्मका भुतपूर्व विद्यार्थीहरुको उपस्थितिमा विद्यालयले शनिबार आफ्नै सभाहलमा आयोजना गरेको बृहत भेलाले श्रेष्ठको संयोजकत्वमा तयारी समिति गठन गरेको हो ।

“बृहत भेलाले भानु माध्यमिक विद्यालयको भुतपुर्व विद्यार्थी समाज गठन गर्न दिनेश श्रेष्ठ ज्युको संयोजकत्वमा ४ सदस्यीय संयोजन समिति गठन भएको छ”–प्रधानध्यापक विज्ञान भट्टराईले बताउनुभयो । सदस्यहरुमा नन्दा श्रेष्ठ,तारा थापा,राजकुमार पिया र सोही विद्यालयका प्रधानध्यापक भट्टराई रहनुभएको छ ।

पूर्व विद्यार्थी समेत रहेका श्रेष्ठको संयोजकत्वमा अन्य सदस्यहरु पछि थप्ने गरी ५ सदस्यीय भानु माध्यमिक विद्यालय पूर्व तयारी समिति गठन गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । कार्यक्रममा पूर्व विद्यार्थीहरु १ सय १२ जनाको उपस्थिति रहेको थियो ।

 

 

Leave a Reply