मानव अधिकार आयोगको स्तर घट्न नदिनका लागि पहल गर्न सरकारलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

मानव अधिकार आयोगको स्तर घट्न नदिनका लागि पहल गर्न सरकारलाई निर्देशन

काठमाडौं, २६ असोज । कानून, न्याय तथा मानव अधिकार समितिले नेपालको संविधान र कानूनले राष्ट्रिय मानव अधिकार आयोगलाई सुम्पिएको जिम्मेवारी एवं आयोगका काम कारबाहीलाई प्रभावकारी बनाउनका लागि पर्याप्त साधन श्रोतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । समितिको तर्फबाट सरकारलाई निर्देशन दिँदै समिति सभापति विमला सुवेदीले राष्ट्रिय मानव अधिकार ऐन, २०६८ लाई सम्भव भएसम्म अन्तर्राष्ट्रिय स्तरको बनाउन सरकारलाई निर्देशन दिनुभयो । उहाँले यसको सुधारको प्रक्रिया अघि बढाउन र राष्ट्रिय मानव अधिकार आयोगको स्तर घट्न नदिनका लागि नेपाल सरकारको तर्फबाट गरिनुपर्ने पहलकदमी यथाशिघ्र गर्न पनि निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको संविधान र कानूनले राष्ट्रिय मानव अधिकार आयोगलाई सुम्पिएको जिम्मेवारी एवं आयोगका काम कारबाहीलाई प्रभावकारी बनाउनका लागि पर्याप्त साधन श्रोतको व्यवस्था गर्न, राष्ट्रिय मानव अधिकार ऐन, २०६८ लाई सम्भव भएसम्म अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि यसको सुधारको प्रक्रिया अघि बढाउन र राष्ट्रिय मानव अधिकार आयोगको स्तर घट्न नदिनका लागि नेपाल सरकारको तर्फबाट गरिनुपर्ने पहलकदमी यथाशिघ्र गर्न सम्माननीय प्रधानमन्त्रीज्युका साथै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई अनुरोध गर्ने ।’

समितिले विजया दशमी, शुभ दीपावली, नेपाल संवत, तथा छठ पर्व २०८० को अवसरमा सम्पूर्णमा शुभकामनासमेत व्यक्त गरेको छ ।

Leave a Reply