शीतलहर पीडितलाई न्यानो कपडा बाँड्न रौतहट पुगे डा. केसी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

शीतलहर पीडितलाई न्यानो कपडा बाँड्न रौतहट पुगे डा. केसी

रौतहट, ४ माघ । केही दिन अगाडिसम्म अनशनरत डा. गोविन्द केसी शीतलहर पीडितलाई न्यानो बाँड्न रौतहट पुगेका छन् ।सरकारसँग पाँच बुँदे सम्झौता गरेको एक साता नबित्दै  केसी रौतहट पुगेका हुन् ।

कम्बल तथा अन्य न्याना कपडासहित डा. केसी आज बिहानै रौतहटको गढीमाई नगरपालिकाका दलित तथा बिपन्न बस्तीहरूमा पुगेका छन् । उनी  डा. तोसिमा कार्की, अभिषेकराज सिंहसहित गढीमाई नगरपालिकाका दलित बस्ती पुगेका हुन् ।

डाक्टरहरूको टोलीले बाटामा भिख माग्दै बसेका तथा ज्याला–मजदुरी गर्नेहरूलाई समेत न्याना कपडा वितरण गरेको छ । दलित बस्तीमा न्याना कपडा वितरण गरेपछि डाक्टर टोलीले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);