काठमाडौं, २६ असोज । द्धन्द्धग्रस्त इजरायलबाट फर्कन थप २०० जना नेपालीले आवेदन दिएका छन् । इजरायलमा रहेको नेपाली दुतावासल आज एक विज्ञप्ती जारी गर्दै यसबारे जानकारी दिएको हो ।
इजरायल–प्यालेस्टाइन युद्ध सुरु भएलगत्तै दूतावासले घर फर्किन अनलाइनमार्फत आवेदन माग गरेको थियो । दुतावासको अनुसार अनलाइनमार्फत स्वदेश फर्कन चाहाने नेपालीको विवरण प्राप्त भइराखेको छ । निवेदन दिएका बाँकी सबैलाई नेपाल फर्काउने प्रक्रिया सुरु गरिएको दूतावासले जनाएको छ।
आज बिहानमात्रै पहिलो चरणमा १५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी नेपाली ल्याइएको छ । इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । चार जना घाइते भएका छन् भने एक जना सम्पर्कविहीन भएका छन् ।