काठमाडौं, २६ असोज । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले आकस्मिक बैठक बोलाएका छन् । थापाले कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएका हुन् ।
कोशीमा पार्टीको निर्णयविरुद्ध उभिएका ८ जना सांसदबारे छलफल गर्न बैठक बोलाइएको बुझिएको छ ।
पार्टीको निर्देशन विरुद्ध उभिनेकुरा अनुशासनहिनताको परकाष्ठा भएको उनको ठहर छ ।
सत्तागठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्वोलाई अघि सारेपछि शेखर कोइराला पक्षका ८ जना सांसदहरु विद्रोहमा उत्रिएका थिए ।
त्यतिमात्र होइन एमालेको समर्थन ज्टाएर शेखर पक्षका केदार कार्कीले मुख्यमन्त्रीमा दाबी समेत पेस गरेका छन् ।