कञ्चनपुरको दोधाराचाँदनीमा ‘डे नाईट क्रिकेट’ प्रतियोगिता हुने | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

कञ्चनपुरको दोधाराचाँदनीमा ‘डे नाईट क्रिकेट’ प्रतियोगिता हुने

पुष्कर भट्ट ||
कञ्चनपुर, २५ असोज ||
सुदूर मिडिया डे नाइट क्रिकेट कप प्रतियोगिताको तयारी पूरा भएको छ । दोधारा चाँदनी नगरपालिका–२ को खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक सुदूर मिडिया प्रा.लिले जनाएको छ । दोधारा चाँदनीमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सुदूर मिडिया प्रा.लिका सञ्चालक सुरेश भट्टले बताए ।

‘प्रत्येक वर्ष आयोजना हुँदै आएको डे नाइट क्रिकेटको सम्पूर्ण तयारी पूरा भएको छ, टीम दर्ताको काम चलिरहेको छ,’ उनले भने, ‘यस क्षेत्रको क्रिकेटको विकासका साथै बढ्दो लागूऔषध दुव्र्यवसनीलाई न्यूनिकरण गर्न प्रतियोगिता आयोजना गरिन लागिएको हो।’ ‘लागुऔषध त्यागौँ, सुखी जीवनतर्फ लागौँ’ भन्ने मूल नाराका साथ प्रत्येक वर्ष आयोजना हुँदै आएको प्रतियोगिता यसवर्ष असोज २६ गतेदेखि सञ्चालन हुँदैछ ।
दोधारा चाँदनी नगरपालिकाको साझेदारी तथा कञ्चनपुर जिल्ला क्रिकेट संघको सहकार्यमा सुदूर मिडिया प्रालिले क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो।

पछिल्लो समय क्रिकेटमा चासो बढेकोले नगरको क्रिकेटलाई उकास्न टेवा पुग्ने विश्वासले प्रतियोगितामा साझेदारी गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बुले बताए ।

प्रतियोगिता टि–१० प्रणालीमा खेलाइने आयोजक मूल कमिटीका सदस्य रमेश साउँदले बताए। प्रतियोगिताअन्तर्गतका खेलहरु दिन र राति खेलाइने छन् । प्रतियोगिताको विजेताले ७५ हजार नगद, ट्रफी र प्रमाण प्राप्त गर्नेछ। उपविजेताले ३५ हजार नगदसहित ट्रफी र प्रमाण पत्र हात पार्ने छ । म्यान अफ दि सिरिज हुने खेलाडीलाई ५ हजार र उत्कृष्ट बलर र ब्याट्सम्यानलाई ३÷३ हजार नगदले सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा दोधारा चाँदनीका १० वटै वडाका टीमलाई दर्ता निःशूल्क गरिएको छ। प्रतियोगितामा विभागीयसहित १६ टीमको सहभागीता रहनेछ।

Leave a Reply