यु १९ क्रिकेटः नेपाल र इरान भिड्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

यु १९ क्रिकेटः नेपाल र इरान भिड्दै

काठमाडौं, २५ असोज । एसिसी यु १९ प्रिमियर कपमा अहिले नेपाल र इरानबीच प्रतिष्पर्धा भइरहकेो छ । बिहिवारबाट मलेसियामा शुरु भएको एसिया कपमा सहभागी हुने टोलीको टुंगो लगाउने प्रतियोगिताको रुपमा रहेको एसिसी यु १९ प्रिमियर कपमा अहिले नेपालले ब्याटिङ गरिरहेको छ ।

यो समाचार तयार पार्दासम्म नेपालले २२ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १८६ रन बनाएर खेलिरहेको छ । अहिले क्रिजमा दीपकप्रसाद डुम्रे ६ रन र दीपेश कँडेल शुन्य रनमा रहेका छन् । कप्तान खानल ५९ बलमा शतक प्रहार गरेर आउट भएका छन् । अहिले दीपक बोहराले ५९ बलमा ६५ रन बनाएर आउट भए ।

यस अगाडी एसिसी इस्टर्न वेस्टर्न रिजनको आधारमा हुने प्रतियोगिता यस वर्षदेखि प्रिमियर कप शैलीमा भएको हो । नेपाल समूह ‘ए’मा रहेको छ । सो समूहमा नेपालसँगै बहराइन, साउदी अरेबिया र इरान छन् । खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे शुरु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);