अलपत्र नेपाली ल्याउन परराष्ट्रमन्त्रीसहितको टोली इजरायल प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

अलपत्र नेपाली ल्याउन परराष्ट्रमन्त्रीसहितको टोली इजरायल प्रस्थान

काठमाडौं, २५ असोज । इजरायलमा अलपत्र परेका नेपालीहरुको उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ आज प्रस्थान गरेको छ । बिहीबार राति साढे २ बजे उड्ने भनिएको नेपाल एयरलाइन्सको विमान बिहान ४ बजे त्यसतर्फ उडान भरेको हो ।

सो विमानले इजरायलमा अलपत्र परिरहेका विद्यार्थीहरुलाई नेपाल ल्याउनेछ । नेपाल आउन चाहानेको संख्या धेरै भएपछि दुतावासले पहिलो चरणमा २५४ जना विद्यार्थी मात्र ल्याउन लागेको हो । इजरायलका लागि नेपालका राजदुत कान्ता रिजालका अनुसार पहिलो चरणमा विद्यार्थीमात्र फर्कनेछन् । त्यसपछि क्रमशः श्रमिकलाई फर्काइनेछ ।

दिवगंत नेपालीहरुको शव भने इजरायल सरकारले हस्तान्तरण गरेपछि मात्र ल्याउन सकिने भएको छ । हमासको आक्रमणमा परेर १० नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);