काठमाडौं, २४ असोज । इलेक्ट्रिक सिगरेट (भेप)मा लुकाएर ल्याएको सुन छुटाउन माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल महराले दबाब दिएको खुलासा भएको छ ।
यसबारे विमानस्थलका भन्सार कार्यालयका तत्कालिन प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले प्रहरीसमक्ष बयान दिएका हुन् । पोखरेलको अनुसार उनलाई महरा बावुछोराले अस्वभाविक दबाब दिएका थिए ।
राहुलले आफूलाई कार्यालयमै आएर लिलामीका लागि पटक पटक दबाब दिएको, आफ्नो समुहलाई नै पर्नेगरी लिलामी गराउन भनेको र छिटो लिलामी गराउन दबाब दिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)समक्ष बताएका छन् ।