राष्ट्रसंघका महासचिव गुटेरेसले किन गरे नेपाल भ्रमण स्थगित ? | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

राष्ट्रसंघका महासचिव गुटेरेसले किन गरे नेपाल भ्रमण स्थगित ?

काठमाडौं, २४ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमण स्थगित गरेका छन् । आउने शुक्रबार ४ दिने भ्रमणका लागि नेपाल आउने महासचिव एन्टोनियो गुटेरेसको कार्यक्रम स्थगित भएको हो । पश्चिम एशियामा विकसित तनावका कारण गुटेरसको नेपाल भ्रमण स्थगित भएको बताइएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार स्थगित भएको भ्रमणको अर्को मिति छिट्टै नै तय गरिने छ । चार दिने भ्रमणका क्रममा महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रीहरू र अन्य विशिष्ट अधिकारीहरूलाई भेट्ने तालिका रहेको थियो ।

गुटरेस जलवायु परिवर्तन र शान्ति प्रक्रियाका कामको सन्दर्भमा नेपाल भ्रमणमा आउन लाग्नु भएको थियो । गुटेरसले असोज २७ गते संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);