भन्सार राजस्व चुवाहटबिरुद्ध कडा रुपमा प्रस्तुत हुँदै कञ्चनपुर प्रहरीे | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

भन्सार राजस्व चुवाहटबिरुद्ध कडा रुपमा प्रस्तुत हुँदै कञ्चनपुर प्रहरीे

पुष्कर भट्ट । कञ्चनपुर,२४ असोज । कञ्चनपुर जिल्लामा भन्सार राजस्व चुवाहट बढेपछि कञ्चनपुर प्रहरी कडा रुपमा प्रस्तुत हुदै गएको छ । भारतबाट चोरी तस्करी गरेर अवैध समान नेपाल भित्रिन थालेपछि पृथक योजना बनाएर कञ्चनपुर प्रहरी निर्मम एक्सनका साथ अघि बढदै गएको हो ।

चडवाडलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सम्भावित चोरी तस्करी नियन्त्रणका लागि सकृयता देखिएको छ । तस्कर बिरुद्धको अप्रेसनमा स्वयम कञ्चनपुर प्रहरी प्रमुख एसप थापा, प्रहरी निरीक्षकद्वय पुष्कराज पन्त, हर्ष बहादुर चन्द नेतृत्वको टोलीले फिल्डमै गएर अवैध समान बरामद गर्दै भन्सार चलान गरिरहेका छन ।

१ साताको अवधिमा कञ्चनपुर प्रहरीले भन्सार चोरीछली गरेको १ करोड भन्दा बढिको अवैध समान बरामद गरेको छ । कञ्चनपुर प्रहरीको तथ्याङ्क अनुसार १ करोड, २ लाख, २१ हजार २५५रुपैँया बराबरको अवैध समान बरामद गरेको छ । यसविचमा तस्करीमा संलग्न झण्डै ६ जना मानिस पक्राउ गरेको जनाएको छ ।

खुला सिमानाका कारण र महाकाली पारी दोधारा चादनीको बाटो बाट भईरहेको भारतिय मालसमान ल्याउदा गड्डाचौकी भन्सार सम्म नपुग्दै महाकाली नदिमा बाट तरेरै तस्करहरुले मालसमान भन्सार छलि गर्नै गरेको भन्सार भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालय गड्डाचोकीले भने मुख्य भन्सार गड्डाचौकीमा मात्रै भएको तर ब्रह्मदेव देखि पुर्नवास सम्म भारत संग जोडिएको खुला सिमानाका का कारण भन्सार छलि बृद्धि हुदै आएको प्रमुख भन्सार अधिकृत धु्रवराज विकले बताएका छन ।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले जिल्लाभरी भन्सार चोरी छली बिरुद्धमा प्रहरीले कार्बाहीले बताएको बताए । यस अघि भन्सार चोरीछली तस्करी नियन्त्रणमा प्रहरीले अपनाएको विधीभन्दा अहिले पृथक विधी अघि सारेर भन्सार चोरी तस्करी नियन्त्रणमा खटिएको बताउदै विगतमा हामीले भारतबाट साहुको समान ओसार्ने क्यारिङ्गकर्ता मात्रै समान्दै आएको भएपनी अहिले हामीले क्यारिङ्गकर्ता पछ्याउँदै समानको मालिसम्मै पुगेर कार्बाही चलाएका ले करोडौंको भन्सार छलिका सामान बरामद गर्न सफल हुदै आएको बताएका छन ।

नागरिकले समेत यसरी नै प्रहरीले निष्पक्ष भएर भन्सार राजस्व छली बिरुद्धमा एक्सनमा उत्रिनुपर्ने सुझाव दिएका छन । कसैले भन्सार, सीमा क्षेत्रमा रहेका प्रहरीसंग सेटिङ्ग गरेर लाखौँ कमाउने कसैले भन्सार तिरेर खाने गुजारा पनि नहुने भन्दै भन्सार राजस्व छली बिरुद्धमा प्रहरीको अभियान सरानिय भएको स्थानीयको धारणा छ । स्थानीयले राजस्व चोरीछली बिरुद्धको प्रहरी अभियान निरन्तर संचालनमा सुझाव दिएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);