आदिवासी जातिय युगमा पुगेका छैनौँ, जनजाति युगमै छौँः उपमहासचिव गुरुङ | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

आदिवासी जातिय युगमा पुगेका छैनौँ, जनजाति युगमै छौँः उपमहासचिव गुरुङ

काठमाडौं, २३ असोज । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राज्यको भाषा भन्दा अलग्गै भाषा बोल्नेहरु नै नेपालका आदिवासी भएको बताउनुभएको छ । तमु प्ये ल्हु संघ केन्द्रिय समितिको ३१ औँ वार्षिक साधरण सभा तथा छैटौँ अधिवेशनलाई सम्बोधन गर्दै उँहाले यस्तो बताउनुभएको हो । उहाँले राज्यले मान्ने धर्म भन्दा फरक धर्म मान्ने मानिसहरु नै आदिवासी भएको बताउनु भयो । उहाँले नेपालमा केही समय अघिसम्म हिन्दु धर्म राज्यको धर्म रहेको र तत्कालीन समयमा हिन्दु राजाले मान्ने धर्म नै हिन्दु धर्म भएको बताउनु भयो । हिन्दु आर्य संस्कृतिको राजा भएकाले नेपालको राजकीय संस्कृति हिन्दु आर्य संस्कृति भएको दाबी गर्नुभयो । उहाँले राज्यको धर्म भन्दा अलग्गै धर्म संस्कार मानेका मानव समुदाय नै आदिवासी भएको बताउनु भयो । आदिवासी अझै पनि जातियतामा नगएको र जनजातिमै सिमित भएकाले आदिवासीमा सामुहिकता कायम रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राज्यको भाषा भन्दा अलग्गै जसले आफ्नो भाषा बोल्छ, त्यो मानव समुदाय आदिवासी हो । त्यसकारणले हामी आदिवासी हौँ । राज्यले मान्ने जुन धर्म छ, राज्यको धर्म भन्दा जसको अलग धर्म हुन्छ, त्यो आदिवासी हो । नेपालमा केही समय अघिसम्म हिन्दु धर्म राज्यको धर्म थियो । त्यसकारणले हिन्दु धर्म राज्यको धर्म भएकाले हाम्रो भने कसैले बौद्ध, कोही प्रकृति पूजा गरेर बसेको छ । राज्यको धर्म भन्दा अलग्गै धर्म मानेर बसेका धर्म संस्कार मानेका मानव समुदाय आदिवासी हो । त्यसकारण गुरुङ आदिवासी हो । हिजो राज्यको संस्कृति के थियो ? हिन्दु आर्य संस्कृतिको राजा भएकाले नेपालको राजकीय संस्कृति हिन्दु आर्य संस्कृति हो । नेपालको हिन्दु राजाले जे संस्कार, संस्कृति मान्छ, त्यही संस्कृति हाम्रो भन्ने थियो । तर हामी हिन्दु आर्य संस्कृति थिएनौँ । हाम्रो आफ्नै संस्कार र संस्कृति थियो । राज्यले मानेको भन्दा अलग्गै आफ्नो संस्कृतिको अभ्यास गरिरहेको समुदायबाट हामी आदिवासी हौँ । हामी जंगली युगबाट अलिकति माथि पुगेपछि कोपिला युग आयो, कोपिला युगबाट अलिकति माथि आएपछि जनजाति युग आयो, जनजाति युगपछि जातिय युग आउँछ । हामी जातिय युगमा पुगेकै छैनौँ, कोपिला युगबाट अलिकति माथि उठेर जनजाति युगमा छाँै, त्यसैले हामीमा सामुहिकता छ ।’

उपमहासचिव गुरुङले आदिवासी समुदायमा एउटा नीति र थिति हुने र सबैलाई बराबर लगाएर काम गर्ने संस्कार रहेको बताउनु भयो । उहाँले जसको मानव समुदायको लिखित इतिहास छैन त्यो नै आदिवासी भएको बताउनु भयो । उहाँले आदिवासीको इतिहास किंवदन्तीमा आधारित रहेको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);