दुर्गा प्रसाईंले दुव्यवहार बारे आज पत्रकार सम्मेलन गर्दै | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २७ २०८१, मंगलबार

दुर्गा प्रसाईंले दुव्यवहार बारे आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं, २३ असोज । विवादास्पद अभिव्यक्ति दिंदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंको कान्तिपथमा सोमबार कालोमोसो दलेका थिए । सोही घटनाबारे आज साढे ८ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् ।

सोमबार कार्यक्रममा सहभागी हुन होटल एल्लो प्यागोडाभित्र प्रवेश गर्ने क्रममा उनीमाथि दुब्र्यवहार भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले प्रसाईमाथि दुव्र्यवहार भएको पुष्टि गर्नुभयो । सार्वजनिक एक भिडियोमा उनीमाथि कालोमोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको देखिएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको संयोजक रहेका प्रसाईँले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिँदै आएका थिए । प्रसाईंले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने भन्दै कालोमोसो दस्ता नै बनाएका थिए । गत फागुन १३ गते चितवनमा कालोमोसो दस्ताको केन्द्रीय संयोजकको रूपमा शम्भु थापालाई घोषणा गरेका थिए । प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा ल्याएर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ घोषणा गरेका थिए । त्यसयता उनले अन्य विभिन्न व्यवसायीहरुलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिंदै आएका छन् । प्रसाईंले आफूमाथि कालोमोसो दल्ने एमाले कार्यकर्ता भएको आरोप लगाउँदै पैंचो नेपाली जनताले छिट्टै फिर्ता गर्ने बताएका छन् ।

उनले सोमबार साँझ सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेतलगायत सम्पूर्ण एमाले तथा राष्ट्रिय युवा संघलाई धन्यवाद समेत दिए । उनले लेखेका छन् ‘हजुरबुबा केपी ओली र कमरेड महेश बस्नेत लगायत सम्पूर्ण एमाले तथा राष्ट्रिय युवा संघलाई धन्यवाद छ । तपाईंहरूले दिनुभएको पैंचो नेपाली जनताले छिट्टै फिर्ता गर्ने छ ! प्रतीक्षा गर्नुहोस् !’

उनलाई केही व्यक्तिले सोमबार कालो मोसो दलेका थिए । सो दुव्यवहारबारे आफ्नै निवासमा आज साढे ८ बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);