रुपन्देहीको तिलोत्तमा नगरपालिकाद्वरा सेवाग्राहीका लागि निःशुल्क अटोरिक्सा संचालन | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

रुपन्देहीको तिलोत्तमा नगरपालिकाद्वरा सेवाग्राहीका लागि निःशुल्क अटोरिक्सा संचालन

बुटवल, २२ असोज ||
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सेवाग्राहीका लागि निःशुल्क अटोरिक्सा संचालन गरेको छ । गरपालिकाले सिद्वार्थ राजमार्गको शंकपुरदेखि नगरपालिकाको कार्यालयसम्म जाने–आउने सेवाग्राहीहरुका लागि निःशुल्क अल्टो रिक्सा संचालनमा ल्याएको हो । निःशुल्क अटोरिक्साको सोमबार तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरदेवी चौधरीले अटो रिक्साको साँचो चालक इन्द्रकला श्रेष्ठलाइै हस्तारन्तरण गरेर सुभारम्भ गरेका हुन् । कार्यक्रममा नगरप्रमुख खाँणले भौतिक र मानवीय विकास मात्रै नभई नगरवासीहरुलाई थप सेवा दिनका लागि निःशुल्क अटो रिक्सा संचालन गरिएको बताए । नगरपालिका र सेवाग्राही एकै सिक्काका दुई पाटा भएकाले नगरपालिकाले सकेसम्मका सेवाहरु नगरबासीलाई प्रदान गर्ने बताए ।
उनले तिलोत्तमा नगरपालिकाको कार्यालय मुख्य सडकदेखि करिब १४ सय मिटर भित्र भएका कारण सेवाग्राहीलाई सेवा लिन आउँदा दुःख भएकाले अटो रिक्सा संचालन गरिएको बताए । महिलाहरु पनि अवसर पाए जुनसुकै काम गर्न सक्छन भन्ने कुरालाई पुष्टि गर्नका लागि अटो चालक महिला राखिएको उनको भनाइ थियो । तत्कालका लागि एउटा मात्रै अटो संचालनमा ल्याइएको र पछि आवश्यकता अनुसार अटोको संख्या बढाउँदै लगिने नगर प्रमुख खाँणले बताए ।तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वीदेवी चौधरीले नगरपालिकाको कार्यालयमा जान आउनका लागि सार्वजनिक यातायातको सुविधा नभएकाले निःशुल्क अटो संचालनमा ल्याइएको बताइन् ।
आफ्नो सवारी साधन हुने सजिलैसँग आउने भए पनि नहुनेलाई धेरै दुःख भएको बताउँदै अब यो समस्या हट्ने बताइन् ।कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिका नगरवासीहरुको सेवाप्रति जिम्मेवार र उत्तरदायी हुनुपर्ने कुरालाई मध्यनजर गरी निःशुल्क अटोले रिक्सा संचालन गरेको बताए ।
अटोरिक्सा सिट फुल वा १५ मिनेट मध्य जुन पहिला हुन्छ सोही अनुसार संचालन हुने कार्यपालिका सदस्य सुरेन्द्र श्री ले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);