गोल्यान एग्रोले गोकुलगंगाका तरकारी बजारीकरण गर्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

गोल्यान एग्रोले गोकुलगंगाका तरकारी बजारीकरण गर्ने

काठमाडौं, २१ असोज । गोल्यान समूहअन्तर्गतको गोल्यान एग्रो प्रा.लि. र जनता एग्रो एण्ड फरेष्ट्रीले गोकुलगंगा पाउँपालिका भित्र उत्पादित तरकारी र कृषिउपज वस्तुहरुको बजारीकरण गर्ने भएको छ ।

रामेछाप जिल्लाको गोकुलगंगा पाउँपालिकाभित्र उत्पादित कृषि उपजलाई खरिद गरी गोल्यान समूहअन्तर्गतको जनता एग्रो एण्ड फरेष्ट्री र माटो ब्राण्डमार्फत बजारीकरण गर्ने भएको हो । गोकुलगंगा गाउँपालिका कृषि उत्पादनमा ठूलो सम्भावना देखिएकाले पहाडको उत्पादन बजारीकरण गरी विदेशसम्म निर्यात गर्ने वातावरण बनाउन लागिएको कम्पनीले बताएको छ । आगामी ५ वर्षमा ५० हजार किसानसँग जोडिने उद्देश्यका साथ गोकुलगंगा पालिकाबाट कृषिउपज तरकारी,फलफूल लगायतका वस्तु खरिद गरी बजारीकरणको शुरुवात गर्न लागेको गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले बताउनु भयो ।

त्यस्तै,गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले उत्पादन हुनसक्ने कृषिको सम्भावना र किसान पहिचान गरी कार्यविधि बनाएर अगाडि बढ्ने बताउनु भयो । पालिकाको सबैभन्दा ठूलो सम्भावना कृषि रहेकाले पालिकाले पनि कृषिमा प्राथमिकता दिएको उहाँको भनाइ छ ।

गोल्यान एग्रो प्रा.लि.ले पहिलो चरणमा झापाका विभिन्न स्थानमा २ सय बिघा जग्गा खरिद गरेर व्यावसायिक फार्मको स्थापना गरेर कृषिमा काम गरिरहेको छ ।

Leave a Reply