प्रधानसेनापति शर्मा बेलायत प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

प्रधानसेनापति शर्मा बेलायत प्रस्थान

काठमाडौं, २१ असोज । प्रधानसेनापति प्रभुराम शर्मा आज बेलायत प्रस्थान गरेका छन् । प्रधानसेनापती शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आइतबार बेलायततर्फ प्रस्थान गरेका हुन् ।

प्रधानसेनापति ६ दिनसम्म बेलायतमा नै रहने छन् । बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा उनी आज बेलायत जाने लागेका हुन् ।

सो क्रममा प्रधानसेनापति शर्माले त्यहाँस्थित बेलायती गोर्खा सैनिकको मुख्यालय, रोयल कलेज अफ डिफेन्स स्टडिज्, रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टको स्थलगत अवलोकन र भ्रमण गर्ने तथा क्याम्ब्रीयन पेट्रोलमा सहभागी टोलीसँग भेटबार्ता गर्नेछन् । उनी असोज २७ गते स्वदेश फर्कने छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);