इजरायल र हमासबीच २२ स्थानमा युद्ध जारी, भारतले रोक्यो उडान | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

इजरायल र हमासबीच २२ स्थानमा युद्ध जारी, भारतले रोक्यो उडान

एजेन्सी, २१ असोज । इजरायल र हमासबीच युद्ध जारी छ । इजरायली सेनाका प्रवक्ता रिचर्ड हेचले देशका २२ स्थानमा अझै पनि लडाइँ जारी रहेको बताएका छन् । बीबीसी रिपोर्टका अनुसार हालसम्म २३० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ भने १७०० भन्दा बढी घाइते भएका छन् ।

योसँगै अक्टोबर ७ मा हमासले प्रहार गरेको ५ हजार रकेटका कारण हालसम्म ३ सय इजरायलीको मृत्यु भएको छ भने १ हजार ५९० घाइते भएका छन् । हमासको आक्रमणको जवाफमा इजरायलले गाजा पट्टीमा १७ सैन्य कम्पाउण्ड र ४ सैन्य मुख्यालयमा आक्रमण गरेको दाबी गरेको छ ।

इजरायलमा बिग्रिएको अवस्थाका बीच भारतीय दूतावासले त्यहाँ उपस्थित आफ्ना नागरिकका लागि एक सल्लाहकार जारी गरेको छ । उनीहरुलाई सचेत र सुरक्षित रहन भनिएको छ । साथै, इजरायलबाट भारत जाने र आउने उडानहरू पनि बन्द गरिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);