काठमाडौं, २१ असोज । इजरायलमा भएको आतकंकारी हमलामा सम्पर्कविहीन भएका मध्ये २ नेपाली दुतावासबासको सम्पर्कमा आएका छन् । सात नेपाली अझै सम्पर्कमा आउन सकेका छैनन् । दाङका हिमाञ्चल कट्टेल र प्रविन डाँगी गैर आवासीय नेपाली संघ इजरायलको सम्पर्कमा आएका हुन् ।
सात जना बोल्न नसक्ने अवस्थामा रहेको बुझिएको छ । साइरन बजेको १ मिनेटभित्र बंकर भित्र पसिसक्नु पर्ने हुन्छ । एनआरएनएको अनुसार त्यसअघि नै सात जनालाई गोली लागेको हो । २ जना भने बंकरभित्र पस्न भ्याएका थिए । गोली लागेका नेपालीहरुको अहिलेसम्म उपचार हुन सकेको छैन् ।
उनीहरु अझैपनि बंकरमै छन् । ती सबै नेपाली एक कृषि फार्ममा कार्यरत रहेको बताइएको छ । इजरायलीहरुलाई प्यालेस्टिनी विद्रोहीहरुले इजरायली भूमिमा आक्रमण गरी कब्जामा लिएको अनुमान गरिएको छ ।




