सरकारले जातिय द्वन्द्व गर्न उक्साइरहेको छः सांसद सिंह | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

सरकारले जातिय द्वन्द्व गर्न उक्साइरहेको छः सांसद सिंह

काठमाडौं, १९ असोज ||

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले सरकारले जातिय द्वन्द्वका लागि उक्साइरहेको बताउनुभएको छ । शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सिंहले सरकारले नै जातिय द्वन्द्वका लागि उक्साइरहेको बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्री स्वयंले जातिय लडाई लड्न आग्रह गरेको बताउनु भयो । उहाँले जनप्रतिनिधिले चाहेको भए धरानको घटनालाई रोक्न सक्ने भन्दै सरकार यस्तो घटनाहरुमा मौन बसेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले नेपाली–नेपालीका बीचमा काटमार गराउन खोजेको हो ? भन्ने प्रश्न समेत गर्नुभयो ।

सांसद सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टी धार्मिक, सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम गर्ने पक्षमा रहेको र नेताहरुले सोही अनुसारका अभिव्यक्तिहरु दिइरहेका स्पष्ट पार्नुभयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);