रिगललाई पुनः कैद सजाय माग गर्दै परेको रिट शर्माको इजलासमा | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

रिगललाई पुनः कैद सजाय माग गर्दै परेको रिट शर्माको इजलासमा

SUPREME_COURT

काठमाडौं, १८ असोज । राष्ट्रपतिले नेपालगन्जका योगराज ढकाल (रिगल)को कैद सजाय मिनाहाविरुद्धको रिट निवदेनको आज पेशी तोकिएको छ । उक्त रिट निवदेन सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

चेतन मानन्धरको रिगलले खुँडाले हानेर हत्या गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारेर रिगलको कैद सजाय माग गरेका थिए । सो निर्णय बदर हुनुपर्ने माग राखि चेतनकी पत्नी भारती मानन्धरले सर्वोच्चमा रिट दिएकी हुन् ।

भारतीले चेतनको जघन्य हत्याको नाइके रिगललाई फेरी कैदमा पठाउनुपर्ने माग गरेकी छिन् । उनले जिल्ला कारागार, जिल्ला प्रशासन कार्यालय दाङ,गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गरेकी छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);