बाँकेको नेपालगन्जमा कर्फ्यु आंशिक रुपमा हटाइयो | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

बाँकेको नेपालगन्जमा कर्फ्यु आंशिक रुपमा हटाइयो

काठमाडौं, १८ असोज । तीन दिनदेखि बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगन्ज क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको छ ।

साँझ ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म भने कर्फ्यु जारी रहने छ । कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने जारी छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, भेला बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाउँदै निषेधाज्ञा भने जारी राखेको बाँके जिल्ला प्रशासनले जनाएको छ ।

नेपालगन्जको कर्फ्यू खुकुलो बनाउने सर्वपक्षीय बैठकले निर्णय गरेको हो । बुधबार बसेको सर्ब पक्षीय बैठकले साम्प्रदायिक तनावका कारण लागेको कर्फ्यू क्रमशः खुकुलो बनाउँदै पूर्ण रूपमा हटाउन प्रयत्न गर्ने निर्णय गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);