बझाङ भुकम्पः घरहरु भत्किए | ईमाउण्टेन समाचार

Our Network

असार २९ २०८१, शुक्रबार

बझाङ भुकम्पः घरहरु भत्किए

बझाङ, १६ असोज ||

बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पले दर्जनौं घर र विद्यालय भवनमा क्षति पुगाएको छ । मंगलबार दिउँसो दुई पटक गएको भूकम्पले बझाङका केही घर र विद्यालय भत्काएको हो ।

जिल्लाको बाल विकास मावि गोलाईको भवन भत्काएको छ । पहिलो भूकम्प आएपछि विद्यार्थीलाई घर पठाउँदा ठूलो क्षति हुन नपाएको विद्यालयले जनाएको छ । यसबाहेक जिल्लाका विभिन्न विद्यालयका भवनमा क्षति पुगाएको छ ।

यस्तै भूकम्पले सुख्खा पहिरो गएपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । भूकम्प मापन केन्द्रका अनुसार पहिलो पटक महसुस भएको भूकम्पको तीव्रता ५.३ र त्यसपछि ६.३ म्याग्निच्युड रहेको थियो । भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिका– ३ गैरा गाँउस्थित दुर्गा माविको भवनमा क्षति पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);