चोरी गरी लैजाँदै गरेको मोटरसाइकलसहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८१, बिहीबार

चोरी गरी लैजाँदै गरेको मोटरसाइकलसहित दुई जना पक्राउ

झापा,१६ असोज । चोरी गरी लैजाँदै गरेको मोटरसाइकलसहित दुई जना पक्राउ परेका न् । अर्काको डेराबाट एकाबिहानै चोरी गरी डोर्‍याँदै लैजाँदै गरेको मे.११ प ४३०७ नम्बरको मोटरसाइकलसहित २ जनालाई भद्रपुर नगरपालिका–४ तारानगरबाट सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका–२ बस्ने ३५ वर्षीय जफिर आलम र भारत बिहार किसनगंज शकिनतोतुलगुडी रुईधासा बस्ने २९ वर्षीय मो।जुबेर रहेका छन् ।
उनीहरूले शंकास्पद अवस्थामा उक्त मोटरसाईकल लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरीले फेला पारी नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल बिर्तामोड नगरपालिका(४ मेघावारी डेरा गरी बस्ने ईलाम देउमाई नगरपालिका३ घर भएका २० वर्षीय निश्चल राईको डेराबाट चोरी गरी ल्याएको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);