गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको मुआब्जा नदिने समितिको निर्णय | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८१, मंगलबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको मुआब्जा नदिने समितिको निर्णय

काठमाडौं, १६ असोज । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग र पर्खालभित्र पर्ने जग्गा व्यक्तिको नाममा दर्ता गरेर मुआब्जा माग गरेका पर्वतराजकान्त मिश्रलाई जिल्ला मुआब्जा निर्धारण समितिले मुआब्जा नदिने निर्णय गरेको छ ।

भूमाफिया र मालपोत कार्यालयसँगको मिलेमतोमा कसैको नाममा दर्ता नरहेको ४ विघा १७ कठ्ठा ६ धुर जमिन गत २०८० बैशाख ८ मा जिल्ला मालपोत कार्यालय, रुपन्देहीले मिश्रको नाममा दर्ता गरेको थियो । सिद्धार्थनगर नगरपालिका–५ का मिश्रको नाममा मालपोतले जमिन दर्ता गरिदिएपछि उनले गत वैशाख २७ गते मुआब्जा माग गर्दै गौतमबुद्ध विमानस्थल आयोजना कार्यालयमा निवेदन दिएका थिए । यसबारे प्रश्न उठेपछि मुआब्जा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आन्तरिक छानबिन र सर्वपक्षीय छलफल राखेर आएका सुझावका आधारमा मिश्रलाई मुआब्जावापत रकम उपलब्ध नगराउने निर्णय गरेका हुन् ।

फिल्डबुकमा भएर पनि कसैको नाममा दर्ता नभएको र हदबन्दी भन्दा बढी भएका कारण उक्त जग्गा ५८ वर्ष पहिला नै सिद्धार्थनगर–१० की सुर्जा मिश्राइनले ७ नम्बर फाँटवारी भरेर काली मन्दिरलाई दिएकी थिइन् । तर, गत वैशाख ८ गते मालापोत कार्यालय, रुपन्देहीले मिश्रको नाममा दर्ता गरिदिएको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अधिग्रहणमा परिसकेको सातवटा कित्तामा रहेको उक्त जमिन एकाएक मिश्रको नाममा दर्ता भएर आएपछि चौतर्फी विरोध भएको थियो । सोमबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी एवं मुआब्जा निर्धारण समितिका संयोजक गणेश अर्यालको अध्यक्षतामा जिल्ला प्रशासनमा बसेको जिल्ला मुआब्जा निर्धारण समितिको बैठकले मालपोतको निर्णय विवादरहित नदेखिएको र पछि विवाद निरुपण भएपश्चात कानुनअनुसार नै हुने हुँदा हाललाई उक्त जगगाको मुआब्जा नदिने निर्णय गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);