काठमाडौं, १५ असोज । पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । ग १ ख ८४८५ नम्बरको बस बिहान ५ बजेतिर दुर्घटना भएको हो । घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।
प्रहरीको अनुसार पूर्व–पश्चिम राजमार्गको बबईसोता पलको साइडमा सडकदेखि तल बस खसेको हो । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । बसका चालक रामेछापका रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चालक निन्द्रा लागेर झुलेपछि बस दुर्घटना भएको आशंका गरिएको छ ।