सवारी साधनमा लाग्ने कर संसदबाट हटाउनुपर्छ : कल्याण गुरुङ | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

सवारी साधनमा लाग्ने कर संसदबाट हटाउनुपर्छ : कल्याण गुरुङ

काठमाडौं, १५ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले सवारी साधनहरुमा लाग्दै आएको सम्पुर्ण ‘कर’हरु संसदबाट हटाउन माग गरेका छन् । सवारी साधनहरु गाडी र मोटरसाईकिलमा लाग्दै आएको सम्पुर्ण ‘कर’हरु संसदबाट ‘कानून’ बनाएर तत्काल हटाउनु पर्ने उनको तर्क छ । यस्तो कर नीति नेपाल र नेपालीको हितमा हुने उनले दाबी गरेका छन् ।

नेता गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, “‘समय’ अमूल्य हुन्छ । ‘समय’ र ‘साधन’को समुचित सदुपयोगले नै देशले ‘समृद्धि’ हाँसिल गर्न सक्छ । यसर्थ, नेपालमा ‘चार पाँग्रे, तीन पाँग्रे र दुई पाँग्रे सबारी साधनहरु (गाडी र मोटरसाईकिल)’मा अब देखी ‘बिमा शुल्क’ बाहेकका कुनै पनि प्रकारको करहरु र शुल्कहरु नलाग्ने ‘कर नीति’ संसदबाट पास गरि ‘कानून’ बनाएर तत्काल लागु गर्नु पर्दछ । ”
गुरुङले हिजोको दिनमा सबारी साधनहरु विलासिताको वस्तु भएपनि अहिले र भविष्यमा सबारी साधनहरु मानिसको लागि अत्यावश्यक बस्तुहरु भएको बताए ।

भूतपुर्वहरुको नाममा दिईरहेको सुबिधाहरुमा केही कटौती गर्नसके सरकारले बिभिन्न ‘कर’ र ‘शुल्क’हरु भन्दा बढी रकम ‘बचत’ गर्न सक्ने उनले सुुझाएका छन् । “‘भूतपुर्वहरु’को नाममा दिईरहेको सुबिधाहरुमा केही कटौती गर्ने, सबारी साधनहरुको मर्मत र ईन्धन सुबिधामा हुने चुहावट र अनावश्यक खर्चहरु कटौती र नियन्त्रण गर्ने तथा आगामी केही बर्षहरुसम्म सरकारले नयाँ गाडीहरु नकिन्ने नीति लागु गर्ने हो भने ‘गाडी’ र ‘मोटरसाईकिल’ लगायतका सबारी साधनबाट नेपाल सरकारलाई आउने बिभिन्न ‘कर’ र ‘शुल्क’हरु भन्दा बढी रकम ‘बचत’ गर्न सक्नेछ ।”–उनले लेखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);