काठमाडौं, १२ असोज । नेकपा एमाले बाग्मती प्रदेश कमिटीले नयाँ नेतृत्वको लागि उम्मेदवारहरुको संशाधित अन्तिम नामावली पुनः प्रकाशित भइसकेको छ । तर पनि मतदान सुरु हुन सकेको छैन् । बिहीबारदेखि नै नेताहरु सर्वसम्मत नेतृत्वका लागि छलफलमा जुटेका छन् । ‘मतदान किन ढिलो भयो ?’ भन्ने प्रश्नमा सहमतिको अन्तिम प्रयास भइरहेको एक नेताले बताए ।
शुक्रबार बिहान प्रकाशित अन्तिम नामावली भनिएपनि आज बुधबारकै मितिमा अन्तिम नामावली प्रकाशित गरिएको हो । उम्मेदवारहरुको शंशोधित अन्तिम नामावलीमा पदाधिकारीमा कुनै परिवर्तन नभएपनि सदस्यहरुमा दोहोरिएका नाम हटाएर पुनः प्रकाशन गरिएको निर्वाचन मण्डलले जनाएको छ ।
अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ । दुई उम्मेदवारले बिहीबार उम्मेदवारी फिर्ता लिएका थिए । उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा,नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला गरी चार जनाबीच प्रतिस्पर्धा हुनेछ ।
त्यसैगरी प्रदेश सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुने भएको छ । भोटिङ मेसिनबाट मतदान हुने भएकोले करिब एक जनालाई २० देखि २५ मिनेटसम्म लाग्ने बुझिएको छ ।