संयुक्त राष्ट्र संघको महासभामा अफगानी महिलालाई शिक्षाबाट वञ्चित गर्नु नहुने बहस सुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

संयुक्त राष्ट्र संघको महासभामा अफगानी महिलालाई शिक्षाबाट वञ्चित गर्नु नहुने बहस सुरु

एजेन्सी, १२ असोज । संयुक्त राष्ट्रसंघको महासभाका अध्यक्ष डेसि फ्रान्सिसले बिहीवार अफगानी अधिकारीहरुले महिललाई उचित शिक्षा प्राप्त गर्नबाट वञ्चित गर्नु नहुने बताउनुभएको छ ।

बैठकमा उहाँले अगानी अधिकारीहरुले महिलालाई उचित शिक्षा प्राप्त गर्नबाट वञ्चित गराउने निर्णयमा पुनः विचार गर्न आग्रह गर्नुभएको हो । उहाँले महिला र बालबालिकाहरुका अपरिहार्य अधिकार हुने गरेको भन्दै मानव अधिकारको उल्लंघन गर्न नहुनेतर्फ सचेत गराउनु भयो ।

उहाँले अफगानिस्तानको सो नीतिमा पुनःविचार गरी महिलालाई पनि उचित शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । उहाँले महिला र बालबालिकाहरु देश र समाजको परिवर्तनका वाहक भएको भन्दै उनीहरुलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । FIle Photo

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);