काठमाडौं, ११ असोज । काठमाडौं महानगरपालिकाले दशैतिहार लक्षित गरेर पशुचौपायको स्वास्थ्य परिक्षण गर्ने भएको छ । महानगरले स्वस्थ्य मासु खुवाउने उद्देश्यले राजधानी भित्रिने खसी बोकालगायत चौपायको स्वास्थ्य परीक्षण गर्न लागेको हो ।
महानगरले विगतका वर्षहरुमा पनि घटस्थापनादेखि नवमीसम्म अनुगमन गर्ने गरेको थियो तर यो वर्ष भने केही दिन अघिदेखि नै अनगुमन सुरु गर्न लागेको हो ।
कृषि तथा पशुपन्छी विभागको नेतृत्वमा पशुचिकित्सक, कामपाका प्रहरी,वडाको समन्वयमा खसी बोका लगायत पशु चौपाय परीक्षण गर्ने भएको हो ।