चाडपर्वले हाम्रो इतिहास र वर्तमानलाई प्रतिविम्बित गर्दै आएको छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

चाडपर्वले हाम्रो इतिहास र वर्तमानलाई प्रतिविम्बित गर्दै आएको छ : प्रचण्ड

काठमाडौं, ११ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभ्यता, धर्म, संस्कृति, चाडपर्व एवं रहनसहनमा विविधताले हाम्रो वैभवशाली इतिहास र वर्तमानलाई प्रतिविम्बित गर्दै आएको बताएका छन् । इन्द्रजात्राको अवसरमा शुुभकामना सन्देश दिंदै दाहालले यस्तो बताएका हुन् । देशको विविधतालाई आत्मसात गर्दै नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र विविधतासहितको संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई आत्मसात गरेको उनको भनाइ छ ।

“यो हामी सबैका लागि गौरवको कुरा हो। इन्द्रजात्राको यस ऐतिहासिक अवसरमा हाम्रो विविधताप्रति गौरवसहित धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार हो।”उनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मुख्यतः काठमाडौं उपत्यकासहित अन्य विविध स्थानमा मनाइने इन्द्रजात्रा पर्व परम्पराकालदेखि मनाउँदै आइएको ऐतिहासिक सांस्कृतिक पर्व हो। वर्षा र सहकालका इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने यो जात्रा लिंगो (ध्वजा) स्थापना एवं विविध धार्मिक एवं सांस्कृतिक कर्महरूसहित धुमधामपूर्वक मनाइन्छ। नेपालका ऐतिहासिक एवं सांस्कृतिक पर्वहरूमध्ये यो पर्व सबैभन्दा पूरानो एवं रोमाञ्चक पर्वसमेत मानिन्छ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त विविधता एवं सानो भूगोलभित्र प्राकृतिक विविधता र गहिरो भावनात्मक एकता भएको सुन्दर मुलुक हो। सभ्यता, धर्म, संस्कृति, चाडपर्व एवं रहनसहनमा विविधताले हाम्रो वैभवशाली इतिहास र वर्तमानलाई प्रतिविम्बित गर्दै आएको छ। संविधानको सुदृढीकरण, राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी अन्तर्घुलन कायम गर्दै समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न थप प्रेरणा प्रदान गर्ने दाहालले विश्वास लिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);