सरकारले अपरिपक्व ढंगले ल्याएको शिक्षा विधेयक सच्याउनुपर्छः काँग्रेस सांसद भण्डारी | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

सरकारले अपरिपक्व ढंगले ल्याएको शिक्षा विधेयक सच्याउनुपर्छः काँग्रेस सांसद भण्डारी

काठमाडौं, १० असोज ||

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारीले सरकारले संसदमा पेश गरेको शिक्षासम्बन्धि विधेयक सच्याउन आफूहरु लागि परेको बताउनुभएको छ । सांसद भण्डारीले सरकारले शिक्षा क्षेत्र नै नबुझिकन हतारमा सो विधेयक ल्याएकाले त्यसलाई सच्याउने काममा लाग्नुपरेको जिकिर समेत गर्नुभयो ।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले आन्दोलनरत पक्षको माग सम्बोधन हुनेगरी सो विधेयक पारित हुने समेत बताउनु भयो । उहाँले चिकित्सकहरुमाथि हातहात हुनु अत्यन्तै दुखद् भएको उल्लेख गर्दै त्यस्ता घटना हुन नदिनका लागि कडा कानून बनाउनुपर्ने बताउनु भयो । उहाँले शिक्षा क्षेत्रको समस्या समाधानका लागि नयाँ पुस्तालाई सो सेवामा प्रवेश गराउनुको विकल्प नरहेको तर्क समेत गर्नुभयो । पुराना पुस्तालाई अपडेट गर्ने र नयाँलाई प्रवेश गराएर मात्रै मुलुकको शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकिने सांसद भण्डारीको भनाई थियो ।

सांसद भण्डारीले जनताको विश्वास जित्नेगरी कानून बनाउने काम आफूहरुले गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);