व्यक्तिगत जग्गामा सीमास्तम्भ निर्माण गर्न लागेको भन्दै स्थानीय आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

व्यक्तिगत जग्गामा सीमास्तम्भ निर्माण गर्न लागेको भन्दै स्थानीय आन्दोलित

पर्सा, ३ माघ । पर्साको वीरगन्ज महानगरपालिका–१, छपकैयामा व्यक्तिगत जग्गामा अन्तर्राष्ट्रिय सीमास्तम्भ निर्माण गर्न लागिएको भन्दै स्थानीय आन्दोलित भएका छन् ।

नेपाल–भारत सीमा नापी टोलीले संयुक्त रूपमा सीमा सर्भे गरी भत्केका स्तम्भको मर्मतसम्भार, हराएकाहरूको पुनर्निर्माण र नयाँ स्तम्भसमेत निर्माण गरिरहेको छ । तर, विगतदेखि भोगचलन गर्दै आएको जग्गा एकाएक सीमामा पर्ने देखिएपछि स्थानीयले विरोध जनाएका हुन् ।

वीरगन्ज–१ मा मात्रै नम्बरी र सार्वजनिक पर्ती जग्गा गरी करिब ३० बिघा नेपाली भूमि भारततिर पर्ने स्थानीयको दाबी छ । नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले जीपीएस माध्यमबाट काम गर्ने भएकाले स्थानीयसँग सोधपुछ नगरेको हुनसक्ने प्रसा प्रशासनले जनाएको छ ।

३९२ नम्बरको जंगे पिल्लरअन्तर्गत बन्न लागेका २९ वटा सहायक सीमा स्तम्भमध्ये १२ वटा सीमा स्तम्भ लालपुर्जा भएको जग्गामा परेका छन् । अहिले भोगचलन गरिरहेको भए पनि १८४० को नक्साअनुसार हुने भएकाले त्यसमा बाझिएको हकमा नापी टोलीबाट विवरण प्राप्त भइसकेपछि नेपाल सरकारको नियमाअनुसार निर्णय हुने पर्सा प्रशासनले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);