पुस मसान्तसम्म लक्ष्य बमोजिमको राजस्व सङ्कलन | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

पुस मसान्तसम्म लक्ष्य बमोजिमको राजस्व सङ्कलन

arthamatralaya

काठमाडौं, ३ माघ । सरकारले पुस मसान्तसम्ममा लक्ष्य बमोजिमको राजस्व सङ्कलन गरेको छ ।

पुस मसान्तसम्म कुल राजस्व लक्ष्यको ४५ दशलमव ७७ प्रतिशत अर्थात ३ खर्ब ३४ अर्ब राजश्व सङ्कलन गर्ने सरकारको लक्ष्य थियो । तर, सो अवधिमा ४६ दशमलव ०५ प्रतिशत अर्थात ३ खर्ब ३६ अर्ब रुपैयाँ राजश्व सङ्कलन गरिएको अर्थ मन्त्रालयका प्रवक्ता अर्जुन पोखरेलले जानकारी दिए ।

गत मङ्सिर मसान्तसम्ममा सरकारले लक्ष्यभन्दा ९ अर्ब रुपैयाँ कम राजश्व सङ्कलन गरेको थियो । चालु आर्थिक बर्षमा सरकारले ७ खर्ब ३० अर्ब रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । चालुआर्थिक बर्षको ६ महिना समाप्त हुँदासम्म पुँजीगत खर्चको अवस्थामा भने निराशाजनक नै देखिएको छ । चालुआर्थिक बर्षमा ३ खर्ब ३५ अर्ब पुँजीगत खर्च छुट्याएको सरकारले ६ महिना सम्ममा ४० अर्ब रुपैयाँमात्र खर्च गर्न सकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);