२१ बैशाख, काठमाडौ । २० वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जुत्ताको समर सेल मेला सुरु भएको छ ।
गत वैशाख ११ गतेदेखि भृकुटीमन्डपमा सुरु भएको उक्त मेला आगामी वैशाख २९ गतेसम्म सञ्चालनहुने छ । बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा जुत्ता खपत हुने आयोजकको विश्वास छ । रन शुज, सिटिजन फुटवेयर, हाइलाइफ, सम्राट शुज, रोयल शुज, कदम र पारागन फुटवेयर कम्पनीका २४ ओटा स्टलहरु रहेका छन् ।