नेपाल–चीन दुुईदेशको वार्ता जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

नेपाल–चीन दुुईदेशको वार्ता जारी

काठमाडौं, ८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी लि छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ ।

चीनियाँ समयअनुसार बिहान ११ बजे ग्रेट हल अफ दि पिपलमा सो भेटवार्ता सुरु भएको हो ।

भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता रहेको छ ।

वार्तामा नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौता, नेपाल–चीन सीमापार विद्युत् व्यापार तथा बीआरआईअन्तर्गत चिनियाँ अनुदानमा एक वा दुई परियोजना निर्माणका विषयमा प्रस्ताव गर्ने बताइएको छ । औद्योगिक पार्क निर्माणका विषयमा पनि चिनियाँ पक्षसँग वार्ताको एजेन्डा छ । यसअघि आइतबार चीनको बेइजिङमा आयोजित नेपाल–चीन शिखर व्यापार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपाल र चीनको आर्थिक साझेदारीले लगानी सम्बन्धलाई बलियो बनाउने बताउनुभएको छ । उहाँले नेपाल उपयुक्त अवसरको देश भएकाले उद्यमी र लगानीकर्तालाई स्वागतको सन्देश दिन आफू चीन आएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले जलस्रोत, खाद्य सुरक्षा, कृषि क्षेत्र, पर्यटन उद्योग र बढ्दो आइसिटी लगानीका आकर्षक क्षेत्र भएको बताउनुभयो । शिखर सम्मेलन दुई देशका निजी क्षेत्रको बलियो सहकार्य निर्माणमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

आफू चीनको विकासको गतिलाई देखेर छक्क परेकोसमेत प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । उहाँले दुई देशबीचको क्रस बोर्डर कनेक्टिभिटी बढाउनका लागि महत्वपूर्ण अग्रसरता लिएको उल्लेख गर्दै आर्थिक सम्बन्धमा जोड दिइएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले नेपालमा भएको युवा जनशक्तिको पूर्ण उपयोग गरी लाभ लिन चिनियाँ लगानीकर्ता समक्ष आग्रह गर्नुभयो । यसैबीच बेइजिङस्थित नेपाली दूतावासमा भएको कार्यक्रमलाई संवोधन गर्दै उहाँले कृषिमा आधारित उद्योगको विषयमा राष्ट्रपति सी चिनपिङसँग छलफल भएको जानकारी दिनुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);