न्यायाधीश परीक्षामा २११ मध्ये एक जना पास,फेल भएका २८ जना नियुक्त | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

न्यायाधीश परीक्षामा २११ मध्ये एक जना पास,फेल भएका २८ जना नियुक्त

काठमाडौं, ८ असोज । २९ जना जिल्ला न्यायाधीशका लागि २ सय ११ जनाले परीक्षा दिएका थिए, तर एक जना मात्र पास भए । बाँकी सबै असफल । ती फेल भएकाहरु मध्ये बाट नै २८ जनाले जिल्ला न्यायाधीशमा नियुक्ति पाए । उनीहरुलाई नियुक्ति दिने अरु कोही होइन् विगतका वर्षहरुमा दिंदै आएको न्याय परिषद नै हो । परीक्षामा फेल भएकाहरुलाई नियुक्ति दिलाएको देखेर लोक सेवा आयोग आफै पनि आश्चर्यमा परेको छ ।

हुन त लोकसेवामा पास हुन ४० प्रतिशत ल्याए हुन्छ भने न्यायाधीशका लागि भने ५० प्रतिशत ल्याउनै पर्ने व्यवस्था छ । तर जे भएपनि परीक्षामा असफल हुनुभनेको फेल नै हो, फेल भएकालाई नै न्यायाधीश बनाउनुपर्ने अवस्थाले आम जनमानसमा राम्रो सन्देश नदिने जानकारहरु बताउँछन् ।

आयोगले जिल्ला न्यायाधीशमा रिक्त रहेको ३८ पदमध्ये २९ का लागि खुल्ला परीक्षा लिएको थियो,जसमा २ सय ११ जना परीक्षामा सहभागी भएका थिए । सो परीक्षामा सर्वोच्च अदालतका इजलास अधिकृत पारसमणी पोखरलेमात्रै उत्तिर्ण भएका हुन् ।

परीक्षाको नतिजा प्रकाशन भएलगत्तै परिषदको बैठक बसेर असोज २ गते परीक्षाबाट २८ जना न्यायाधीशसलाई न्याय सेवाका कर्मचारीमध्येबाट नियुक्त गरेको हो । त्यसमा पनि १५ जना त लोकसेवा आयोगको परीक्षामा फेल भएका र अरु १३ जनाले सो परीक्षा समेत नदिएका बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);