बाँके, ७ असोज । खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा आउने बिरामीहरुका लागी सम्पुर्ण जनरल बेडहरु निशुल्क तथा बिपन्न वर्गका क्यान्सर विरामीलाई निशुल्क खानाको ब्यवस्था गरिएको अस्पताल बिकाश समिति अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिनुभएको छ । नेपाल सरकारको क्यान्सर पीडितलाई निशुल्क उपचार सेवा दिने निती अनुसार अस्पतालमा निशुल्क जनरल बेड र निशुल्क खानाको ब्यवस्था गरिएको हो ।
क्यान्सरको विशिष्टकृत अस्पतालकारुपमा स्तरउन्नतीको चरणमा रहेको अस्पतालमा निकट भविश्यमा लिन्याक उपकरण संचालनमा आउने र सो उपकरण संचालनमा आएसँगै क्यान्सरका सबै उपचार सेवा खजुराबाटै दिन सकिने अस्पतालका कार्यकारी निर्देशक डा। निरज भट्टराईले बताउनुभयो ।
लिन्याक मेसिन विकिरणका माध्यमबाट सेकाइ गरेर उपचार गर्ने मेसिन हो । उक्त मेसिनले पाठेघरको मुख, स्तन, नाक, कान घाटीलगायत शरीरका विभिन्न अंगहरुमा हुने क्यान्सरको उपचारका लागि बाहिरी सेकाइ गरेर उपचार गर्ने गरिन्छ । अहिले बिरामीहरु उक्त मेसिनको सेवा लिन भरतपुर र भक्तपुर क्यान्सर अस्पताल धाउन बाध्य छन् । भरतपुरमा पनि उक्त मेसिनको सेवा लिन एक महिनादेखि ४५ दिनसम्म पालो पर्खनुपर्ने बाध्यता छ । प्रविधिको अभावका कारण नेपालका अधिकांस क्यान्सरका बिरामी उपचारका लागि भारतको नयाँदिल्ली र मुम्बई समेत पुग्ने गरेका छन् ।
शुसिल कोईराला प्रखर क्यान्सर अस्पतालमा अहिले पोजिटिभ प्रेसर आइसियु पनि संचालनमा रहेको छ । आइसियुस् लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा पहिलो पोजिटिभ प्रेसर आइसियु भएको डा। भट्टराईले बताउनुभयो । ‘यो आइसियु क्यान्सरका सिकिस्त बिरामीहरुका उपयुक्त हुनेगरी हावाको भित्र्याउने र बाहिर पठाउनेगरी भेन्टिलेसन जडान गरिएको आइसियु हो’ उनले भने, ‘जुन क्यान्सर बिरामीका लागि अति आवश्यक हो । चार बेडको उक्त उक्त आइसियु १० वर्षसम्मका लागि पर्याप्त हुने अपेक्षा गरिएको छ ।’ यसैगरी अस्पतालमा रक्त क्यान्सरका बिरामीहरुको उपचारका लागि हेमाटो–अंकोलोजी वार्ड पनि सन्चालनमा आएको छ।
२०७२ सालबाट पूर्णरुपमा संघीय सरकारको स्वामित्वमा संचालन भइरहेको अस्पतालमा २०८९ सालसम्म अस्पताललमा क्यान्सरसँगै अन्य किसिमका बिरामीहरुलाई पनि बिमा लगायतका सहुलियत सेवा दिने गरिएको भएपनि त्यस यता अन्य जनरल बिरामीहरुलाई भेरी अस्पतालमा पठाउने र क्यान्सरको उपचार सेवा मात्रै दिंदै आएको अस्पतालले जनाएको छ ।
अस्पताललाई क्यान्सरको विशिष्टिकृत अस्पताल बनाउनेतिर केन्द्रीत गर्दा पनि बिरामीको संख्या नघटेको अस्पतालका प्रमुख डा।भट्टराईको भनाई रहेको छ। अस्पतालमा भर्ना भएका अति विपन्न बिरामीको पहिचानका लागि अस्पताल विकास समिति, अस्पताल प्रशासनको प्रतिनिधि तथा लेखा प्रमुख रहेको समिति गठन गरिएको र सोही समितिको सिफारिसका आधारमा भर्ना भएका बिपन्न बिरामीलाई निशुल्क खाना उपलब्ध हुने छ। अस्पतालको नयाँ निर्णयबाट पश्चिम नेपालका क्यान्सर रोग लागेका बिरामीलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।
निकट भविष्यमा कोहलपुर नेपालगन्ज हुँदै क्यान्सर अस्पतालको गेट सम्म नगर बस सेवा सुचारू गर्ने तयारीमा अस्पताल बिकास समिति लागी परेको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।