साउदी अरेबियासँगको शान्ति वार्ताको केही समयपछि यमनका हुथीद्वारा सैन्य बल परेड | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

साउदी अरेबियासँगको शान्ति वार्ताको केही समयपछि यमनका हुथीद्वारा सैन्य बल परेड

काठमाण्डौ, ५ असोज
साउदी अरेबियासँगको शान्ति वार्ताको केही समयपछि नै यमनका हुथी मिलिसियाले शहर कब्जा गरेको ९ औं वर्षगाँठको उपलक्ष्यमा राजधानीमा बिहीवार सैन्य परेड आयोजना गरेको छ ।

परेडमा सशस्त्र सवारी साधन, क्षेप्यास्त्र र वर्दीधारी लडाकुहरुको जुलुस देखाइएको थियो । अरब प्रायद्वीपको सबैभन्दा गरिब राष्ट्रलाई घेरेको विनाशकारी द्वन्द्वको अन्त्य गर्ने उद्देश्यले वार्ताको लागि साउदी अरेबियाको राजधानी रियादमा हुथी प्रतिनिधि मण्डलको हालैको भ्रमणपछि यो कार्यक्रम भएको हो ।

हुथीहरुले आगामी हप्ता र महिनामा लडाई तयारी बढाउने आफ्नो प्रतिवद्धता घोषणा गरे । यमन सन् २०१४ को अन्त्यदेखि गृह युद्धमा फसेको छ । युद्धमा ३ लाख ७७ हजार यमनी मारिएका छन् भने लाखौँ बिस्थापित भएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);