विपक्षी दलका नेतालाई पक्राउ गर्न दक्षिण कोरिया संसदको अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

विपक्षी दलका नेतालाई पक्राउ गर्न दक्षिण कोरिया संसदको अनुमोदन

काठमाण्डौ, ५ असोज ||
दक्षिण कोरियाको संसदले विपक्षी दलका नेतालाई पक्राउ गर्न अनुमोदन गरेको छ । बिहीवार बसेको संसदको बैठकले मुख्य विपक्षी डेमोक्रेटिक पार्टीका प्रमुख ली ले म्युङलाई गिरफ्तार गर्न माग गर्ने प्रश्तावलाई अनुमोदन गरेको हो ।

प्रश्तावबारे मतदान गरिएको थियो । जसमा १४९, विपक्षमा १३६ र ६ वटा मत अनुपस्थित तथा चार अण्डर भोट थिए । अभियोजन पक्षले यस हप्ताको शुरुमा विश्वासको उल्लंघन र घुसखोरी सहितिको आरोपमा पक्राउ पूर्जी मागेको थियो । राष्ट्रिय सभाको अधिवेशन चलिरहेको अवस्थामा वर्तमान सांसदलाई पक्राउ गर्न कानूनी व्यवस्था छ । सांसदहरुले सहमति जनाएपछि मात्रै थुनामा राख्न सकिन्छ । २९८ सदस्यीय विधानसभामा डेमोक्रेटिक पार्टीको १६८ छ ।

दक्षिण कोरियाली सरकारले जापानको रेडियोधर्मी विकिरणबाट उत्पन्न फोहोर पानीलाई समुन्द्रमा फाल्ने समर्थन गरेको लगायत सरकारी नीतिहरुको बिरोध गर्दै ली करिव तीन हप्ता यता अनशनमा हुनहुन्थ्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);