काठमाडौं, ५ असोज । बाँकेको जयेन्द्र बाल सुधार गृहमा तोडफोड भएको छ । डडुवा गाउँपालिका–६ आसमानपुरस्थित बाल सुधार गृहमा राखिएकाहरुले नै गएराति तोडफोड गरेका हुन् ।
सुधारगृह भित्र बस्ने बालकहरुले गृहका झ्यालका सिसा फुटाउँदै प्रहरीमाथि नै ढुंगा र इँटा प्रहार गरेपछि अवस्था तनावपुर्ण बनेको बुझिएको छ ।
अहिले पनि गृहभित्र बस्नेहरुले नाराबाजी गरिरहेका छन् । सो गृहमा हाल करिब ३ सय जना छन् ।