आज बाग्मतीसहित यी ४ प्रदेशमा पानी पर्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८१, आइतबार

आज बाग्मतीसहित यी ४ प्रदेशमा पानी पर्ने

काठमाडौं, ५ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ । मधेश र कोशी प्रदेशको तराई भुभागका एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

महाशाखाको अनुुसार आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरुमा सामान्य बदली र बांकी भू–भागहरुमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र देशका बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ। मधेश र कोशी प्रदेशको तराई भुभागका एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);