आरती साहका दोषीलाई कारबाही नगरे गृह मन्त्रालय घेर्छौंः सभापति साह | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १७ २०८१, शनिबार

आरती साहका दोषीलाई कारबाही नगरे गृह मन्त्रालय घेर्छौंः सभापति साह

काठमाण्डौ, ४ असोज
महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले स्व. आरती साहका दोषीलाई कारबाही नगरे गृह मन्त्रालय र संसदको वेल घेराउ गर्न बाध्य हुने चेतावनी दिनुभएको छ । बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकमा उहाँले घटनामा जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी र डिएसपी संलग्न रहेको देखिएको भन्दै उनीहरुमाथि कारबाही प्रक्रिया अघि नबढाए संसदभित्र छलफलको विषय बनाएर सांसदहरु गृहमन्त्रालय घेराउ गर्ने र संसदको वेल घराउन गर्न बाध्य हुने बताउनुभएको हो ।

उहाँले हिरासतमा लिइएका व्यक्तिलाई यातना दिने काम प्रहरी प्रशासनले गरेको पाइएको भन्दै प्रशासन नाङ्गै नाच्नेकुरा अकल्पनीय र दुःखदायी भएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);