आज पनि शिक्षकहरु उत्रिए आन्दोलनमा, ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन ठप्प | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०८१, बिहीबार

आज पनि शिक्षकहरु उत्रिए आन्दोलनमा, ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन ठप्प

काठमाडौं, ४ असोज । आज पनि शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । देशभरका सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु राजधानी केन्द्रीत आन्दोलन गरिरहेका छन् । बुधबार संविधान दिवसमा सार्वजनिक विदाको दिन शिक्षकहरुले थालेको आन्दोलनका कारण आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द भएका हुन ।

आन्दोलनका कारण रोकिएको पढाइपछि सार्वजनिक विदामा पढाउने गरि व्यवस्था मिलाइएको शिक्षक महासंघले बताएको छ । पहिलो दिन ७० हजारको हाराहारी आन्दोलनकारी भएकोमा संख्या झन बढ्ने शिक्षक महासंघको दाबी छ । संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासंघले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ ।

सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच वार्ता भएपनि टुंगो लाग्न सकेको छैन् । यसअघि शिक्षा मन्त्रालयले बोलाउँदा वर्तामा नबसेका शिक्षकहरु आज भने गृह मन्त्रालयमा सरकारसँगको वार्तामा बसेका हुन ।

बुधबार पहिलो दिन काठमाडौंमा शक्ति प्रदर्शन गरेका शिक्षकका प्रतिनिधिसँगको छलफलमा सरकारका तर्फबाट उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी सहभागि थिए भने आन्दोलनरतपक्षबाट शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी थिए ।

शिक्षकहरूको आन्दोलनका कारण देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द छ । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको हो । नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि अहिले काठमाडौँ आएका छन् ।

बुधबार संविधान दिवसमा सार्वजनिक विदाको दिन शिक्षकहरुले थालेको काठमाडौं केन्द्रीत आन्दोलनका कारण आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द भएका हुन् । आन्दोलनका कारण रोकिएको पढाइपछि सार्वजनिक विदामा पढाउने गरि व्यवस्था मिलाइएको शिक्षक महासंघले बताएको छ । पहिलो दिन ७० हजारको हाराहारी आन्दोलनकारी भएकोमा संख्या झन बढ्ने शिक्षक महासंघको दाबी छ । संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासंघले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);