काठमाडौं, १ आश्विन
नेकपा एमालेले असोज ३ गते संविधान दिवसको दिन राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गर्ने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार एक भिडिओ सन्देश जारी गर्दै राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरिने उल्लेख गर्नु भएको छ । ‘असोज ३ गते नारायणचौरमा भेट गरौं, यसपटकको राष्ट्रिय दिवस जनस्तरबाटै भव्यताका साथ मनाऔं,’ ओलीले भन्नु भएको छ ।