राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई अष्ट्रेलियाका राजदुतले भेटे | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८१, आइतबार

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई अष्ट्रेलियाका राजदुतले भेटे

काठमाण्डौ, १ आश्विन
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियन राजदुत फेलिसिटी भोल्कले शिष्टाचार भेट गर्नुभएको छ । सोमवार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा अध्यक्ष तिमिल्सिना र राजदुत भोल्कबीच भेटवार्ता भएको हो ।

भेटको क्रममा द्विपक्षीय हीत, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अत्यन्तै सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गर्नुभयो । त्यस्तै उहाँले अष्ट्रेलियाले नेपाली विद्यार्थीलाई दिने छात्रवृत्तिको संख्या बढाउँदा धेरै विद्यार्थीहरु लाभान्वित हुन सक्नेतर्फ राजदुत भोल्कको ध्यानाकर्षण गराउनुभएको जनाइएको छ ।

अध्यक्ष तिमिल्सिनाले अष्टे«लिया र नेपालका बीचमा सिधा हवाई उडान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । राजदुत भोल्कले अष्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको बताउँदै क्यानबेरामा बढी बोलिने भाषामा नेपाली भाषा तेस्रो स्थानमा रहेको जानकारी गराउनुभएको बताइएको छ । त्यस्तै उहाँले नेपाललाई अष्ट्रेलियाले उच्च प्राथमिकतामा राखेको बताउँदै आगामी अक्टूबरमा अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुखको नेपाल भ्रमणबारे जानकारी गराउनुभएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);