उपभोक्ताहरु मात्रै होइन व्यवसायीहरु पनि पीडामा छन् : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

उपभोक्ताहरु मात्रै होइन व्यवसायीहरु पनि पीडामा छन् : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं, १ असोज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले राज्यले लिएको गलत नीतिको कारण उपभोक्ताहरुले मूल्यवृद्धिको मार खेप्नुपरेको बताउनुभएको छ । आईतवार नेकपा एमाललेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको बढ्दो महंगी र उपभोक्ताको सवाल विषयक गोष्ठिमा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले कोभिड र रुस युक्रेन युद्धको सामान गर्नको लागि राज्यले हठात रुपमा लिएको नीतिको कारण अर्थतन्त्र र बजार मूल्यमा असर परेको दाबी गर्नुभयो । उहाँले निजी क्षेत्रले बारम्बार सरकारलाई अर्थतन्त्र नियन्त्रण गरी कडा नीति नलिन आग्रह गरेपनि नसुनेको बताउनु भयो । उहाँले निजी क्षेत्रको सुझावलाई राज्यले नसुन्दा मूल्यवृद्धि लगायत मुलुकले आर्थिक मन्दी खेप्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । उहाँले अहिले सर्वसाधरण उपभोक्ताहरु मात्रै नभएर व्यवसायीहरु र राज्य पनि पीडामा रहेको बताउनु भयो । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले राज्यको राजश्व कम संकलन भएको भन्दै सरकारको साधरण खर्च पनि प्रत्येक महिना ऋण लिएर गर्नुपरेको अवस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ विगतमा राज्यले लिएको गलत नीतिको कारण उपभोक्ताहरुले मूल्यवृद्धिको मार खेप्नुपरेको छ । कोभिड र रुस युक्रेन युद्धको सामान गर्नको लागि राज्यले हठात रुपमा लिएको नीतिको कारण समस्या आएको हो । उद्योग वाणिज्य महासंघले बारम्बार सरकारलाई कडा नीति नलिन आग्रह गर्दै कन्ट्रोल अर्थतन्त्रको नीति लिन नहुने भनेका थियौं । त्यो कुरा सुनिएन । अहिलेको परिस्थिति आयो । अहिले सबै पीडामा छन् । सर्वसाधरण उपभोक्ताहरु मात्रै नभएर व्यवसायीहरु र राज्य पनि पीडामा छ । राज्यको राजश्व कम भएको सबैलाई जानकारी नै छ । सरकारको साधरण खर्च पनि प्रत्येक महिना ऋण लिएर गर्नुपरेको अवस्था छ । यो विगतमा लिएको गलत नीतिको कारणले नै भएको छ । उपभोक्ता हक हितको लागि सरकार जहिले पनि चनाखो हुनुपर्छ । मुलुकको आन्तरिक कारणले पनि उपभोक्ताहरुले महँगीको मार खेप्नुपरेको छ । मुलुकको उत्पादकत्व कम छ । उत्पादन बढाउने कुरामा कमी कमजोरीहरु छन् ।’

उपभोक्ता हक हितको लागि सरकार जहिले पनि चनाखो हुनुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ । उहाँले मुलुकको आन्तरिक कारणले पनि उपभोक्ताहरुले महँगीको मार खेप्नुपरेको भन्दै मुलुकको उत्पादकत्व बढाउन सरकार लाग्नु अहिलेको आवश्यकता रहेको बताउनु भयो।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);