दैनिक १४ हजार मोबाइल सेट भित्रिन्छ नेपाल | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

दैनिक १४ हजार मोबाइल सेट भित्रिन्छ नेपाल

mobile phone

काठमाडौं, ३ माघ । मुलुकमा मोबाइल सेटको व्यवसाय बढ्दै जाँदा आयातमा उल्लेख्य वृद्धि भएको छ ।सरकारको पछिल्लो तथ्यांकअनुसार मुलुकमा दैनिक १४ हजार मोबाइल सेट भित्रिरहेका छन् ।पछिल्लो २१ महिनामा झन्डै ८८ लाख ५९ हजार मोबाइल सेट आयात भएका छन् । उक्त तथ्यांकलाई प्रतिदिन हिसाब गर्दा दैनिक १४ हजार मोबाइल सेट भित्रिरहेको देखिन्छ ।

२०७३ बैशाख १ मा मोबाइलको आइएमआई नम्बर दर्ता गर्न सुरु गरेयता सोमबारसम्म एक करोड ७७ लाख १९ हजार सात सय ४८ आइएमआई नम्बर दर्ता भएको छ ।अधिकांश मोबाइल सेटमा दुईवटा आइएमआई नम्बर हुने भएकाले अहिलेसम्म यसको आधा गर्दा झन्डै ८८ लाख ५९ हजार नौ सय ७४ वटा मोबाइल सेट आयात भएको देखिन्छ ।

पछिल्लो तथ्याकअनुसार मासिक झन्डै चार लाख २० हजर मोबाइल सेट भित्रिरहेका छन् ।आजको नागरिक दैनिकमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);