कुशल दलाल, बाँके, २८ भदौ । नेपालगन्ज उप–महानगरपालिका १ धम्बोजी चोक नजिकै गत स्थानीय सरकारले निर्माण गरेको गुम्ती शौचालय सेवा बिगत १ बर्षदेखि काँडा हालेर बन्द अवस्थामा राखिएको छ।
नेपालगन्जको मुख्य चोक धम्बोजी चोकमा यसरी बिगत १ बर्षदेखि सार्बजनिक शौचालय समेत सुचारु गर्न नसक्नुले नेपालगन्ज मात्र नभएर समग्र बाँके जिल्लालाई गिज्याईरहेको छ।नेपालगन्ज उप–महानगरपालिकालाई नमूना शहर बनाउने अठोटका साथ स्थानीय चुनाव बाट निर्बाचित भएका युवा मेयर प्रशान्त बिष्ट नेतृत्वको स्थानीय सरकारको टिमले भौतिक संरचना भत्काउने काम गरेतापनि पुराना निरन्तर संचालनमा रहेका संरचना भने नियमित हुन नसक्नुलाई आम सर्बसाधारणले कसरी बुझ्ने होलान् ।
नगर प्रमुख डा.धवल सम्सेर राणाले शुरूवात गरेका गुम्ती शौचालय मध्ये धम्बोजी चोकको शौचालय पनि पर्दछ।एउटा सरकार प्रमुख हुँदा खोल्ने अर्को पार्टीको सरकार प्रमुख भएर आउँदा तिनै पुराना संरचना भत्काउदा आम जनताले कसरी बुझ्ने हुन् ? भोलिका दिनमा अहिलेका नगर प्रमुख बिष्टले निर्माण गरेर सुचारु गरेका भौतिक योजना आगामी अर्को आउने स्थानीय सरकारले यसरी नै बन्द गरे के हुन्छ ।के कहिले यो कुरा गहन रूपमा नेतृत्वले लिएको छ ।
बिगतको स्थानीय सरकार र संघीय सरकारले आ आफ्नो मंचमा एकले अर्कोलाई आरोप लगाउदैमा बजेट फ्रीज गएको नेपालगन्जको नयाँ ईतिहास भने हैन । तत्कालीन मन्त्री ईस्तियाक राईले गृहजिल्लालाई प्राथमिकता दिएको भन्दै करोडौं बजेट बिनियोजन गरीएको सार्बजनिक मंन्चहरुमा बोल्ने गरेको त्यो भाषण साच्चिकै झुठो थियो । या फेरी जनताको अगाडि आफु राम्रो बन्न यसो बोलेका थिए। कयौं सार्बजनिक कार्यक्रमहरुमा मेयर साब तपाईं बिकाशको योजना बनाउनु बजेटको पुर्ती संघीय सरकार बाट गर्नेछु भन्ने पुर्ब मन्त्री पनि यतै नेपालगन्जमै हुनुहुन्छ ।
बिगतमा के भयो किन भयो कसरी भयो त्यतातिर बिर्सेर नयाँ योजना निर्माण गर्ने र बिकासको हकमा स्थानीय प्रदेश र संघीय नेतृत्व एक हुन आवश्यक छ। हैन भने जसरी संघीयतापछि ठुला कार्यालयहरु खालि भएको बाँकेको सान गुम्ने खतरा देखिन्छ ।जसरी आफु स्थानीय सरकार प्रमुख हुँदा नेपालगन्जको लागी हाल प्रतिनिधि सभा सदस्य सांसद डा।राणाको बाँकेमा ठुलो बजेट ल्याउन र ठुला योजना निर्माणका लागी पहल हुँदैन सदनमा माईकमा बोली बोलिन्न बाँकेबासिले गरेको अपेक्षा बालुवामा पानी पनि हुन सक्छ ।
यि साना योजना अलपत्र परेको देख्दा साच्चिकै नेपालगन्ज बासि मात्र नभएर पश्चिम नेपालका थुप्रै जिल्लाहरुबाट आउने आन्तरिक एवं बाह्य नागरिकहरुको मनमा शौचालयमा काँडा लगाएको देख्दा साच्चिकै सरकारप्रतिको आशा विस्वास कम बनाउने काम गरेको छ ।मन खिन्न हुने गर्छ। के साच्चिकै अहिलेको नगर सरकार सँग ति शौचालय संचालन गर्ने बजेट नभएकै हो त रु या फेरी यि नेताहरू आवतजावत गर्दा कालो सिसाको गाडीमा हिड्ने भएकोले नजर नपरेकै हो त रु स्थानीय सरकारले यस्ता सार्बजनिक सम्पती संरक्षण र यस्ता आम नागरिकहरुको सरोकारको बिषय हो । अब नियमित कर्मचारी ब्यवस्थापन गरेर यस्ता बन्द रहेका संरक्षण संचालनमा ल्याउन पहलकदम चाल्नुपर्ने देखिन्छ । या फेरी बजारको क्षेत्रमा यहि शौचालयको कारण फोहोर भएको छ भने समाधान निकाल्ने स्थानीय सरकारको काम कर्तव्य हो। नकि बन्द गरेर कुनै समस्याको समाधान हुने हो।